आईपीएलमा सनराइजर्स हैदराबादले पञ्जाव किंग्सलाई हरायो

तातोखबर, काठमाडौं / इन्डियन प्रिमियर लिगमा सनराइजर्स हैदराबादले पञ्जाव किंग्सलाई झिनो रनको अन्तरले हराएको छ।
अन्तिम ओभरमा जितका लागि २९ रन चाहिएका बेला पञ्जाबले २६ रन बनायो र २ रनको झिनो हार बेहोर्यो।
चण्डीगढमा पञ्जावले टस जितर फिल्डिङ रोजेपछि सुरुवातमा ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको थियो।
हैदराबादका लागि युवा ब्याटर नीतिश रेड्डीले ३७ बलमा ४ चौका र ५ छक्कासहित ६४ रनको अर्धशतकीय योगदान दिए।
अब्दुल समादले २५ तथा ट्राभिस हेडले २१ रन जोडे। पञ्जावका लागि अर्शदीप सिंहले ४ विकेट लिए।
१ सय ८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको पञ्जावले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८० रन मात्र बनाउन सक्यो। श्याम करनले २९ र सिकन्दर राजाले २८ रन जोडे। शशांक शर्माले ४६ र आशुतोष शर्माले १५ बलमा ३३ रनको विष्फोटक अविजित इनिङ खेले पनि हार टार्न सकेनन्। यो जोडीले अन्तिम ओभरमा २६ रन बनाए पनि पञ्जाव २ रनले पराजित हुन पुग्यो।
हैदराबादका भुवनेश्वर कुमारले २ विकेट लिए। यससँगै ५ खेलमा ३ जितसहित ६ अंक जोडेको हैदराबाद पाँचौं स्थानमा छ भने समान खेलमा ४ अंक जोडेको पञ्जाब छैटौं स्थानमा छ।
आईपीएलमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्स भिड्नेछन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस