बागमतीमा करेन्ट लागेर एकजनाको मृत्यु

हेटौंडा – मकवानपुरको बामगती–८, कायरमा करेन्ट लागेर आइतवार विहान एकजनाको मृत्यु भएको छ । करेन्ट लागेर स्थानीय ५५ वर्षिय देबराम रुम्बाको मृत्यु भएको हो ।
आफ्नै बारीमा मकै हेर्न जाँदा करेन्ट प्रवाह भएको भुईमा लत्रिएको नाङ्गो तार छुनपुग्दा करेन्ट लागेर उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । रुम्बाको शव पोस्टमार्टमका लागि लागि हेटौंडा अस्पताल ल्याइएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस