आईपीएलमा कोलकाताको रोमाञ्चक जीत

तातोखबर, काठमाडौं / इन्डियन प्रिमियर लिग (आईपीएलमा) कोलकाता नाइटराइडर्सले सनराइजर्स हैदराबादमाथि रोमाञ्चक जीत निकालेको छ।
कोलकाताले दिएको २०९ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०४ रन मात्रै बनाउन सफल भयो । जितका लागि हैदरावादलाई अन्तिम ६ बलमा १३ रन चाहिएको थियो। हर्षित रानाको पहिलो बलमा क्लासनले डीप स्क्वायर लेगमा छक्का प्रहार गरे । दोस्रो बलमा हर्षितले क्लासनलाई १ रनमात्रै दिए। तेस्रो बलमा भने हर्षिते अहमदलाई कप्तान श्रेयस आय्यरबाट क्याच आउट गराए। अन्तिम बलमा हैदरावादलाई ४ रन चाहिएको थियो। तर, हर्षितले कप्तान प्याट कमिन्सलाई कुनै रन दिएनन्।
हैदरावादका अभिषेक शर्मा र ओपनर मयंक अग्रवालले ३२–३२ रन बनाए। राहुल त्रिपाठी २०, एडम मारक्रम १८, शाहबाज अहमद १६ रनमा आउट हुँदा अब्दुल समदले १५ रनको योगदान दिए।
हर्षित रानाले सर्वाधिक ३ विकेट लिए। अलराउन्ड प्रर्दशन गरेका आन्द्रे रसेलले २ विकेट लिए।
त्यसअघि घरेलु मैदान ईडन गार्डनमा टस हारेर पहिला ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०८ रन बनाएको थियो।
कोलकाताका आन्द्रे रसेलले अविजित रहँदै सर्वाधिक ६४ रन बनाए। उनले २५ बलमा ३ चौका र ७ छक्का प्रहार गरे। ओपनर फिल साल्टले ५४ रन बनाउँदा रमनदीप सिंह ३५ र रिन्कु सिंह २३ रनमा आउट भए।
हैदरावादका थंथारसु नटराजनले सर्वाधिक ३ विकेट लिए। मयंक मार्कन्डेले २ विकेट लिँदा प्याट कमिन्सको नाममा १ विकेट रह्यो।
शनिबार नै भएको पहिलो खेलमा पञ्जाव किङ्सले दिल्ली क्यापिटल्सलाई चार विकेटले पराजित गर्यो। प्रतियोगिता अन्तरगत आज राजस्थान रोयल्यस र लखनउ सुपरजायन्ट तथा गुजरात टाइटन्स र मुम्बई इन्डिन्सबीच खेल हुनेछ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस