सूर्यदर्शन सहकारी पीडितहरुको प्रश्न : जिबी राईलाई कसले र किन लुकायो ?

तातोखबर, काठमाडौं / सूर्यदर्शन सहकारी संस्थाका पीडितहरूले संस्थाका संचालक जिबी राईलाई तत्काल पक्राउ गर्न सरकार सँग माग गरेका छन् ।
सूर्यदर्शन वचत पीडित संघर्ष समितिका अध्यक्ष अध्यक्ष किरण श्रेष्ठले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई ज्ञापनपत्र बुझाएकाछन् । उनीहरुले आफूहरूको वचत रकम फिर्ताको पहल गरिदिन पनि आग्रह गरेका छन् ।
‘जिबी राई भन्ने नाम र सूर्यदर्शन भन्ने सहकारी प्रधानमन्त्री, गृहमन्त्रीदेखि परराष्ट्रमन्त्रीका साथै सिङ्गो राष्ट्रको प्रहरी प्रशासनको टाउको दुखाइ बनिहरहँदा पनि बाँकी अभियुक्तहरू किन पक्राउ पर्दैनन्? यसलाई हामीले कसरी यो राज्य व्यवस्थाको सही सुशासन भन्ने हो?’ , ‘कसले किन लुकाईराखेका छन् जिबि राईलाई हामीलाई जवाफ चाहिएको छ। जिबी राईलाई पक्राउ गरी ल्याउँदा कसलाई नाफा नोक्सान हुन्छ त्यसको हिसाब किताब यो राज्य सरकारले गरिदिनुपर्यो।’ निवेदनमा भनिएको छ ।
उनीहरूले आफूहरूको समस्या समाधानको मिति तोकिदिन पनि माग गरेका छन्।
सूर्यदर्शन सहकारीमा दुई वर्षयता १८ हजार ७०० जना बचतकर्ताको १ अर्ब ४० करोड रुपैयाँ फिर्ता पाउन बाँकी रहेको भन्दै श्रेष्ठले यसको फिर्ताका लागि पहल गरिदिन आग्रह गरेका छन् ।
त्यस्तै २०८० साल माघ २२ गते पूरक जाहेरीमार्फत हालका उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा तत्कालीन गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक रवि लामिछानेमाथि पनि उजुरी गरिएको भएपनि छानबिन नभएको पिडितले बताए बताइएको छ ।
सहकारीको पैसा गोर्खा मिडिया कम्पनी अन्तर्गतको ग्यालेक्सी टेलिभिजनमा तिसौँ करोड रुपैयाँ लगानी भएको देखिए पनि यस विषयमा आर्थिक, नैतिक र व्यवहारिक जिम्मेवारी लिई जवाफ दिनुपर्ने व्यक्तिहरू मौन बसेको भन्दै उनीहरुले आफूहरूले न्याय पाउनुपर्ने बताएका छन् ।
पीडितहरुको निवेदन बुझ्दै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राज्यले पीडितहरुको समस्या समाधान गर्नुपर्ने बताए । उनले सकारले पीडितको पक्षमा न्याय गर्ने विश्वास पनि व्यक्त गरे। गृहमन्त्री रवि लामिछानेले कुनै समय सहकारी पीडितको समस्या राज्यले समाधान गर्नुपर्ने भनेर बोलेको भन्दै आफैँ सरकारमा भएको बेलामा समस्या समाधान गरिदिए राम्रो हुने खतिवडाको भनाइ छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस