सहकारी प्रकरण : प्राइम बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित ८ जना पक्राउ

तातोखबर, पोखरा / सर्वसाधारण बचतकर्ता र सेयरधनीको सेयर रकमसमेत हिनामिना गरेको अभियोगमा कास्की प्रहरीले मंगलवार प्राइम बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित ८ जनालाई पक्राउ गरेको छ।
प्रहरीले प्राइम सहकारीका अध्यक्ष शंकर कार्की, प्रमुख कार्यकारी अधिकृत, सुरेन्द्रमणि पौडेल, पूर्वअध्यक्ष नितेशप्रसाद कोइराला, पूर्वकोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा विभाग प्रमुख सुनील थापा, सञ्चालक मनबहादुर गुरुङ र सहकारीका कानुनी सल्लाहकार अधिवक्ता ईन्द्रप्रसाद बराललगायतलाई पक्राउ गरेको हो।
सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका रजिष्ट्रार भेषराज रिजालले प्राइममा १ अर्ब ५४ करोड रुपैयाँ हिनामिना भएको अनुसन्धानबाट देखिएको बताए।
उनले भने, “कैफियत देखिएकाले चैतदेखि नै छानबिन थालेका थियौँ। प्रतिवेदन प्रहरीलाई बुझाइसकेका छौँ ।”
जिल्ला प्रहरी कार्यालय कास्कीले प्राइमका बचतकर्तालाई सहकारीविरुद्ध प्रमाणसहित उजुरी दिन सूचना समेत जारी गरेको छ। जेठ २० गतेभित्र सहकारीका सदस्य र बचतकर्तालाई पासबुक, सेयर प्रमाणपत्र, पासबुक, भौचर, मुद्दति प्रमाणपत्र लगायतका प्रमाणसहित उजुरी दिन आग्रह गरिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले बताएका छन् ।
यसअघि कास्कीका मित्रमिलन सहकारी, सूर्य दर्शन बचत तथा सहकारी, बलिदानी बहुउद्देश्यीय सहकारी, विन्दवासिनी सहकारी, शिवशिखर सहकारी र इमेज सहकारीले बचतकर्ताको रकम अपचलन गरी अनियमितता गरेपछि केहीको मुद्दा कास्की जिल्ला अदातलतमा छ भने केही सहकारीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस