पोखरामा आज साँझदेखि डिस्को,दोहोरी, लाइभ म्युजिक रातभर खुल्ने

Thebarton Theatre

तातोखबर, काठमाडौं / पोखरामा आज साँझदेखि डिस्को,दोहोरी, लाइभ म्युजिक जस्ता व्यवसायहरू रातभर खुल्ने भएका छन्।

आइतबार पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यस्तो घोषणा गरेका हुन्। उनले आजै साँझदेखि लागू हुनेगरी निश्चित मापदण्ड बनाएर पोखराको लेकसाइड इलाका, पृथ्वीचोक महेन्द्रपुल, चिप्लेढुंगामा बार, रेष्टुरेण्ट, स्पा, किराना तथा खाजा पसलहरू रातको एक बजेसम्म निर्वाध रुपमा सञ्चालन हुने बताए।

Advertisement:Thebarton Theatre

उनले राउण्ड फेवा, भिउ फेवा ट्रेकिङ ट्रेल आगामी दिनमा सञ्चालन गर्ने पनि प्रतिवद्धता जनाए। उनले बेगनास तालमा क्रुज सिप सञ्चालन गर्ने घोषणा गरे। उनले पोखरामा आधुनिक टर्मिनलसहितको बसपार्क निर्माण गर्ने, पोखरालाई वृहत ध्यान केन्द्रको रुपमा एउटा ध्यानकेन्द्र निर्माण गर्ने घोषणा पनि गरे। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोकसम्म स्टल बस सेवा सञ्चालन गर्ने बताए।

उनले पोखरामा ५ हजार क्षमताको अन्तर्राष्ट्रिय सभा हलको आवश्यकता रहेको बताए।

प्रतिक्रिया दिनुहोस् :