अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ नियम घोषणा

Add New Post ‹ Tatokhabar — WordPress

तातोखबर, क्रिकेट / अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ नियम लागु गर्ने घोषणा गरेको छ । आगामी जुनमा टी-२० विश्वकप क्रिकेटको नवौ संस्करण आयोजना हुँदैछ । अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-२० विश्वकप सुरु हुनुअघि अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ नियम लागू  हुने आईसीसीले जनाएको छ ।

टी-२०, एकदिवसीय अन्तर्राष्ट्रिय लगायतका सिमित ओभरका प्रतियोगितामा पनि नयाँ नियम लागू गरिने भएको छ । भर्खरै दुबईमा सम्पन्न भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को बैठकले सो निर्णय गरेको हो ।

Advertisement:Add New Post ‹ Tatokhabar — WordPress

फिल्डिङ गर्ने टोलीले पहिलो ओभर सकिएको ६० सेकेन्डभित्र अर्को ओभर बलिङ नगरे अम्पायरले दुईपटक चेतावनी दिन सक्नेछन् । दुईपटक चेतावनी दिँदा पनि फिल्डिङ गर्ने पक्षले त्यही गल्ति गरेमा जरिवानाका रुपमा पाँच रन कटौती हुनेछ ।

सो नियम लागू भएपछि एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको प्रत्येक खेलमा कम्तिमा २० मिनेट समय थपिने विश्वास आईसीसीले लिएको छ । गत बर्ष २०२३ मा वेस्ट इन्डिज र इङ्ल्यान्डबिचको टी-२० अन्तर्राष्ट्रिय शृंखलामा उक्त नियम परीक्षणको गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application