अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ नियम घोषणा

तातोखबर, क्रिकेट / अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ नियम लागु गर्ने घोषणा गरेको छ । आगामी जुनमा टी-२० विश्वकप क्रिकेटको नवौ संस्करण आयोजना हुँदैछ । अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-२० विश्वकप सुरु हुनुअघि अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ नियम लागू हुने आईसीसीले जनाएको छ ।
टी-२०, एकदिवसीय अन्तर्राष्ट्रिय लगायतका सिमित ओभरका प्रतियोगितामा पनि नयाँ नियम लागू गरिने भएको छ । भर्खरै दुबईमा सम्पन्न भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को बैठकले सो निर्णय गरेको हो ।
फिल्डिङ गर्ने टोलीले पहिलो ओभर सकिएको ६० सेकेन्डभित्र अर्को ओभर बलिङ नगरे अम्पायरले दुईपटक चेतावनी दिन सक्नेछन् । दुईपटक चेतावनी दिँदा पनि फिल्डिङ गर्ने पक्षले त्यही गल्ति गरेमा जरिवानाका रुपमा पाँच रन कटौती हुनेछ ।
सो नियम लागू भएपछि एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको प्रत्येक खेलमा कम्तिमा २० मिनेट समय थपिने विश्वास आईसीसीले लिएको छ । गत बर्ष २०२३ मा वेस्ट इन्डिज र इङ्ल्यान्डबिचको टी-२० अन्तर्राष्ट्रिय शृंखलामा उक्त नियम परीक्षणको गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस