एमाले संसदीय दलकाे बैठक बस्दै

Uml-samsadiye-dal

फागुन २९, काठमाडौं / नेकपा एमाले संसदीय दलको बैठक आज साँझ बस्ने छ।

बैठक दिउँसो ३ बजे संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेगरी बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

Advertisement:Uml-samsadiye-dal

भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिनेछन्। एमालेले आजको बैठकमा आफ्ना सांसदलाई विश्वासको मत दिन ह्विप जारी गर्ने जनाइएको छ।

यही फागुन २१ गते माओवादी केन्द्रले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग नयाँ समीकरण बनाएपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

गठबन्धन दलले सरकारप्रतिको समर्थन फिर्ता लिए पछि विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले एक वर्षमा तेस्रो पटक विश्वासको मत लिन लागेका हुन्। गत वर्ष पुस १० मा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले एमालेसँगको सहकार्य तोडेर कांग्रेससँग सहकार्य गरेका थिए।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application