इलामको सुर्योदयमा नेपथ्यको प्रस्तुति

Nepathya-singer-Amrit-Gurung-performing

तातोखबर, काठमाडौं / लोकरक ब्यान्ड नेपथ्यले चैत ३ गते शनिबार बेलुकी इलामको सुर्योदय नगरपालिकामा लोकभाका गुञ्जाउँदै छ। नेपथ्यले आफूलाई प्रस्तुत गर्नलागेको पाखो त्यस भेगकै अर्को ऐतिहासिक महत्व राख्ने करफोक विद्यामन्दिरको परिसर पनि हो।

कुनै समय आयामेली लेखक इन्द्रबहादुर राइ अनि मुलुककै मूर्धन्य कला समीक्षक (पछि गोरखापत्रका सम्पादक) नारायणबहादुर सिंहजस्ता हस्तीहरु प्रधानाध्यापक रहेको अनि अर्का समालोचक तारानाथ शर्मा शिक्षक रहेको यो विद्यालयको शिलान्याश गर्न २०१० सालमा तत्कालीन युवराज महेन्द्रले पुगेका थिए।

Advertisement:Nepathya-singer-Amrit-Gurung-performing

‘राजमार्ग भएर गुज्रँदा वरिपरि चियाबारी, सल्लाघारी र वनजंगलले घेरिएको पूर्वी पहाडकै यस लोभ्याउने पाखामा एकपटक आफुलाई प्रस्तुत गर्ने इच्छा धेरै पहिलेदेखिको हो,’ नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘यसपटक इलामका साथीहरुले जोग मिलाइदिनुभएकोमा असाध्यै खुशी लागेको छ।’

नेपथ्यले मुलुकका स–साना गाउँबस्ती हुँदै विश्वका ठूला सहरहरुसम्म आफूलाई प्रस्तुत गर्दै आएको छ। नेपालमा हालसम्म करिब एक सय २० वटा कन्सर्ट आयोजना गरिसकेको ब्याण्डले नेपालबाहिर विश्वका १७ वटा मुलुकको ४१ वटा मुख्य सहरहरुमा ८० भन्दा बढी सांगीतिक प्रस्तुति दिइसकेको जनाएको छ।

करफोकको प्रस्तुति पनि केही महिनाअघि मात्र जापान र क्यानाडाका भ्रमण सम्पन्न भएपछि र अब केहि समयमै युरोपमा अर्को कन्सर्ट आयोजना हुनुको मध्यमा यो कन्सर्ट आयोजना गर्न लागिएको हो।

 

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application