NTC App - Ad

इलाम उपनिर्वाचन : एमालेका सुहाङले बनाए झण्डै ५ हजार मतको अग्रता

suhang-nemwang-ilam-by-election

तातोखबर, काठमाडौं / इलामको जारी मतगणनामा नेकपा एमालेका सुहाङ नेम्वाङले झण्डै ५ हजार मतको अग्रता बनाएका छन् ।

३४ हजार २६ मत गणना सम्पन्न हुँदा नेम्वाङले १३ हजार ९ सय मत प्राप्त गरेका हुन् ।

Advertisement:suhang-nemwang-ilam-by-election

नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले ८ हजार ९ सय १४ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।

पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८ हजार २ सय ८५ मत प्राप्त गरेका छन् ।

चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले १ हजार ९ सय ४५ मत ल्याएका छन् ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :