NTC App - Ad

इलाम अपडेट : सुहाङलाई ४६८३ मतको अग्रता

suhang-nemwang-ilam-by-election

तातोखबर, इलाम / इलाम क्षेत्र नम्बर २को जारी मतगणनामा नेकपा एमालेका सुहाङ नेम्वाङले ४ हजार ६ सय ८३ मतको अग्रता कायम गरेका छन्।

३२ हजार १ सय ९४ सदर मत गणना हुँदा नेम्वाङले १३ हजार ६९ मत प्राप्त गरेका छन्।

Advertisement:suhang-nemwang-ilam-by-election

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बर बहादुर खड्का र पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबीच भने कडा टक्कर देखिएको छ । दोस्रो स्थानमा रहेका खड्काले ८ हजार ३ सय ८६ मत प्राप्त गरेका छन् भने थेगिमले ८ हजार ८९ मत ल्याएका छन् ।

उनीहरूबीचको मतान्तर २ सय ८८ रहेको छ। चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले १ हजार ७ सय १३ मत ल्याएका छन् ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :