इन्डोनेसियामा बाढी पहिरोमा परी १९ जनाको मृत्यु
तातोखबर, काठमाडौं / इण्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तमा बाढी र पहिरोमा परी १९ जनाले ज्यान गुमाएका छन् ।
बाढी पहिरोमा परी ७ जना बेपत्ता भएका छन्। भारी वर्षाका कारण नदीमा जलप्रवाह अत्यधिक हुँदा बिहीबारदेखि नै प्राकृतिक प्रकोपले प्रान्त प्रभावित भएको प्रान्तीय विपद् व्यवस्थापनका वरिष्ठ अधिकारी मुहारिन्दो इडवानले बताए।
धेरैजसो मृतक पेसिसिर सेलाटन रिजेन्सीमा फेला परेका थिए। त्यहाँबाट १७ शव फेला परेका थिए भने बाँकी मृतकहरू परियामान रेजेन्सीमा फेला परेका छन्। बाढीबाट १६ वटा पुल भत्किएर डुबानमा परेको, सडक अवरुद्ध भएको र घर पनि बगेकाले प्रकोप प्रभावितलाई राहत वितरणमा बाधा पुगेको एजेन्सीहरुले जनाएका छन्।
प्रान्तीय विपद् व्यवस्थापन तथा न्यूनीकरण एजेन्सीको आपतकालीन एकाइका प्रमुख फजर सुकमाले शनिबार बाढी कम भए पनि हजारौँ घर डुबानमा रहेको जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

