बागमती प्रदेशसभाको बैठक २९ फागुनमा

तातोखबर, हेटौंडा/ बागमती प्रदेशसभाको चालु अधिवेशन बैठक यही फागुन २९ गते अपराह्न ३ बजे बस्ने भएको छ ।
यही फागुन १७ गते प्रदेशसभाको बैठकले अनुमोदन गरेको बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको बैठकबाट प्राप्त प्रतिवेदनलाई फागुन २९ गते अपराह्न १ बजे बस्ने कार्य परामर्श व्यवस्थापन समितिको बैठकमा पेश गर्न कार्यसूची तयार गरिने प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिएका छन् ।
यसैगरी, प्रदेशसभा सचिवालयमा आइतबार अपराह्न १ बजे बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको बैठक बस्ने र बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का मुख्य सचिव, अर्थ सचिव, कानुन सचिव र अर्थविद्हरुसँग प्रदेश सरकारले ल्याएको चालु आर्थिक वर्षको २०८०/०८१ को बजेटको विनियोजित सम्बन्धमा सरकार र प्रतिपक्षबीच भएको सम्बन्धमा कार्यान्वयन गर्न कानुनी अड्चनबारे छलफल हुने विशेष समितिका संयोजक गोविन्दप्रसाद लम्सालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस