माधवलाई नयाँ सत्तागठबन्धनमा जान नदिन देउवाको प्रयास

dewa

तातोखबर, काठमाडौँ / शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । पत्नी आरजु राणा र नेता रमेश लेखकसहित देउवा केही बेरअघि नेपालको निवास कोटेश्वर पगेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देउवालाई भेटेर प्रधानमन्त्रीमा दाबी गरेपछि देउवाले नेपालसँग छलफल गरेका हुन् ।

Advertisement:dewa

नयाँ सत्ता गठबन्धनमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई पनि सामेल गराउने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रयास गरिरहेका छन् ।यसै क्रममा देउवाले नेपाललाई भेट्नु आर्थपूर्ण रुपमा हेरिएको छ।

आफूहरूसहितको गठबन्धन भंग गरेर प्रधानमन्त्री प्रचण्डले एमालेसहितको नयाँ गठबन्धन बनाएर मन्त्रिपरिषद् पुनर्गठन गरेपछि कांग्रेसले सरकारलाई दिएको समर्थन मंगलबार बैठक बसेर फिर्ता लिएको थियो।

आजको भेटमा देउवाले माधव नेपाललाई नयाँ गठबन्धनमा जानबाट रोक्ने प्रयास गर्ने छन्।

सोमबार साँझ नेपाललाई भेट्न उनकै निवास पुगेका दाहाल र ओली नेपाल गठबन्धनमा सहभागी हुनेमा संकेत गरेका थिए। यद्यपि नेपालले भने बुधबार बस्ने पार्टीको सचिवालय बैठकमार्फत् निर्णय गर्ने बताएर फर्काएका थिए ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application