ओलीको लागि तयार माला विष्णु पौडेलको गलामा

जनकपुरधाम, २० फागुन / जनकपुरमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई दुई सय किलोको मालाले स्वागत गरिएको छ ।
एमालेका नेता कार्यकर्ताहरूले जनकपुरधाम विमानस्थलमा उनलाई दुई सय किलोको मालाले स्वागत गरेका हुन् ।
जनकपुरधाम उपमहानगर कमिटीले तयार गरेको उक्त माला अध्यक्ष केपी शर्मा ओलीका लागि निर्माण गरिएको थियो । ओली अनुपस्थित भएपछि विष्णु पौडेललाई माला लगाइएको हो ।
आज धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा चलिरहेको प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको समापन कार्यक्रमका लागि ओली आउने तय भएको थियो । तर, अचानक ओली आउने कार्यक्रम स्थगित भयो र उनको स्थानमा उपाध्यक्ष विष्णु पौडेल आएका थिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस