नेपाल-पाकिस्तानमैत्री टि–२० क्रिकेट सुरु

तातोखबर, काठमाडौं / पाकिस्तानी राजदूतावासले हरेक वर्ष आयोजना गर्दै आएको नेपाल-पाकिस्तान मैत्रीपूर्ण टि–२० क्रिकेट प्रतियोगिताको नवौँ संस्करण धुम्बाराहीस्थित क्रिकेट मैदानमा सुरु भएको छ।
नेपालका लागि पाकिस्तानका राजदूत अबरर हुसेन हास्मी र नेपाल क्रिकेट सङ्घका पूर्वअध्यक्ष विनयराज पाण्डेले शनिबार संयुक्तरूपमा उद्घाटन गरे।
त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत हास्मीले दुवै देशका युवा वर्गबीच खेलकुदका माध्यमबाट पारस्परिक सम्बन्धलाई जोड्ने प्रयासस्वरुप नौ वर्षदेखि प्रतियोगिता आयोजना गरिँदै आएको बताए।
शिक्षा तथा खेलकुदका माध्यमबाट युवा वर्गलाई रचनात्मक काममा प्रेरित गर्न भएका प्रयासको पूर्वअध्यक्ष पाण्डेले सराहना गर्दै नेपाल–पाकिस्तान मैत्रीपूर्ण टि-२० प्रतियोगिताले नयाँ प्रतिभा जन्माउने विश्वास व्यक्त गरे।
आगामी नौ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटा टोलीबीच प्रतिस्पर्धा हुनेछ। टोलीमा पाकिस्तानी दूतावास क्रिकेट क्लब, हिमालयन क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी, बालुवाटार क्रिकेट क्लबलगायत सहभागी छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस