बजेटका सिद्धान्त र प्राथमिकतामाथि राष्ट्रिय सभामा छलफल सुरु

तातोखबर, काठमाडौं / आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि आज (बिहीबार)देखि राष्ट्रिय सभामा छलफल हुँदैछ। बिहान ११ बजे सुरुहुने बैठकमा आगामी आर्थिक वर्ष २०८१\०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल प्रारम्भ हुने संसद् सचिवालयले जनाएको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले गत सोमबारको राष्ट्रियसभा बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलको लागि प्रस्ताव पेश गरेका थिए।

Advertisement:

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले फागुन १७, २७, २९ र ३० गते छलफलका लागि मिति तोकिएको थियो । छलफलमा उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले फागुन ३० गते बस्ने बैठकमा दिने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application