त्रिकोणात्मक टी-२० सिरिज: नेपाल २ रनले पराजित

तातोखबर, क्रिकेट / त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपाल २ रनले पराजित भएको छ। सिरिजमा नेपाल लगातार दोस्रो खेलमा पराजित भयो। मंगलबार भएको पहिलो खेलमा नेपालले नामिबियासँग २० रनले पराजित भएको थियो। नेपालले अब शुक्रबार नामिबिया र शनिबार नेदरल्यान्ड्ससँग खेल्ने छ।
बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेदरल्यान्ड्सले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेटको क्षतिमा १८२ रन मात्र जोड्न सक्यो।
नेपाललाई जितकालागि अन्तिम दुई ओभरमा ३० रन चाहिएको थियो। जसमा १९ औं ओभरमा १५ रन आएको थियो। सो ओभरमा दीपेन्द्रसिंह ऐरीले र करण केसीले एक-एक छक्का प्रहार गरे।
२०औं ओभरमा १५ रन चाहिएको बेला पहिलो बलमा ऐरीले नेदरल्यान्ड्सका भान डर मर्वीलाई चौका प्रहार गरे। दोस्रो बलमा ऐरीले छक्का हिर्काएका थिए। तेस्रो बलमा दुई रन लिने कोशिस गर्दा करण केसी ११ रनमा रनआउटको सिकार भए। जसका कारण नेपाललाई तीन बलमा चार रन चाहिएको थियो। तर चौथो बलमा दिपेन्द्र बोल्ड हुन पुगे। उनले ३४ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ६३ रन जोडे।
अन्तिम दुई बलमा चार रन चाहिदा प्रतिश जिसीले रन लिन सकेनन्। अन्तिम बलमा जिसीले एक रन मात्र लिँदा नेपाल पराजित हुन पुग्यो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस