निजगढ विस्फोट अपडेट: मृतकको संख्या दुई पुग्यो

तातोखबर, बारा / बाराको निजगढस्थित वर्कसपमा भएको विस्फोटबाट ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ।
निजगढ नगरपालिका–७ सहिद चोकमा रहेको रोहित वर्कसपमा सोमबार दिउँसो विस्फोटक पदार्थ पड्किदा वर्कसप सञ्चालक रेशम मगरको मृत्यु भएको थियो।
वर्कसपमा ग्राहकले ल्याएको शंकास्पद वस्तु खोल्ने क्रममा उक्त वस्तु विस्फोट हुँदा रेशमसहित पाँच जना घाइते भएका थिए। वीरगन्जमा उपचाररत घाइते मध्येका भारत घर भएका राकेश जैसवालको पनि उपचारका क्रममा मृत्यु भएको बारा प्रहरीका सूचना अधिकारी डीएसपी दधिराम न्यौपानेले जानकारी दिएका छन् ।
घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको र अन्य दुईको अवस्था सामान्य रहेको न्यौपानेले बताए। उनका अनुसार वर्कसपमा विष्फोटक पदार्थ कहाँबाट आयो भन्ने अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस