सिन्धुलीको टेलिकम टावरमा कुकर बम विस्फोट

Sindhuli-kukar-bomb

तातोखबर, सिन्धुली / अज्ञात समूहले सिन्धुलीको सुनकोसी गाउँपालिका- १ दुम्जाडाँडाको बीपी पार्कमा रहेको टेलिकम टावरलाई लक्षित गरी शुक्रबार बिहान कुकर बम विस्फोट भएको छ।

विस्फोटबाट बीपी पार्क भित्र रहेको टेलिकम टावरको भवनमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको हो। विस्फोटको आवाज आएको जानकारी प्राप्त हुनासाथ कुशेश्वर दुम्जा चौकीबाट प्रहरीहरू पुगेका थिए।

Advertisement:Sindhuli-kukar-bomb

सिन्धुली प्रहरीका प्रवक्ता एवं डिएसपी चिरञ्जीवी दाहालले बताए अनुसार टेलिकम टावरको भवनको झ्यालमा कुकर बम विस्फोट भएको थियो। कुकरको बिर्को र पेट्रोलको गन्ध आउने दुई वटा बोतल प्रहरीले घटनास्थल बाट फेला पारेको छ।

विस्फोट भएको स्थानमा जनमुक्ति सेना नामको पर्चासमेत भेटिएको र विस्फोटमा संलग्नहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application