सिद्धबाबा सुरुङ मार्गमा आजदेखि विस्फोट गराउने काम सुरु

sidhhababa-tunnel

पाल्पा / सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्न आजदेखि विस्फोट गराउने काम सुरु हुने भएको छ ।

कामलाई गति दिनका जेठ १० गते जिल्ला सुरक्षा समिति पाल्पाको बैठकले निर्णय गरेअनुसार विस्फोटको काम सुरु हुन लागेको हो । निर्माणको जिम्मा पाएको चाइना स्टेट इन्जिनियरिङ कम्पनीले नेपाली सेना र नेपाल प्रहरीको उपस्थितीमा आवश्यकता अनुसार विस्फोट गराइने र विस्फोटका समयमा सीमित अवधिका लागि सवारी आवगमन रोकेर काम गर्ने आयोजनाले जनाएको छ ।

Advertisement:sidhhababa-tunnel

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डको सिद्धबाबा क्षेत्रमा शुक्रबार नेपाली सेनासहितको टोलीले विस्फोटको पूर्वाभ्याससमेत गरेको छ । पाँच वर्षमा निर्माण सम्पन्न गर्नेगरी सुरु भएको सुरुङ मार्गको हालसम्म ११ दशलमव ४१ प्रतिशत भौतिक र १७ दशमलव ५ प्रतिशत वित्तीय प्रगति भएको छ ।
यस्तै मुख्य टनेलको ८५ दशमलव ७ मिटर खन्ने काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।

बाह्रै महिना पहिरो खस्ने दोभान सिद्धबाबा क्षेत्रमा कुल १ हजार १२६ मिटर लामो सुरुङ बन्नेछ ।

 

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application