सशस्त्र प्रहरीको फरवार्ड आउट पोस्टमा आगलागी हातहतियारसहित सबै जलेर नष्ट

apf-fire-bara-tatokhabar-tato-khabar

तातोखबर, बारा/ बारा जिल्लाको विश्रामपुर गाउँपालिकामा रहेको सशस्त्र प्रहरी फरवार्ड आउट पोस्ट (एफओबी) मा आज आगलागी भएको छ । जिल्लाको विश्रामपुर गाउँपालिकाको बलिरामपुरमा रहेको सशस्त्र प्रहरीको एफओबीमा विद्युत् सर्ट भई आगलागी भएको मधेस प्रदेश सशस्त्र प्रहरी प्रमुख दीपेन्द्र शाहले बताएका छन् ।

एफओबीमा रहेको सबै हातहतियार, गोलीगट्ठासहित सबै कागजात तथा खाद्यान्न र लत्ताकपडा जलेर नष्ट भएको सशस्त्र प्रहरीले बताएको छ । आगलागी नियन्त्रणमा आइसकेको सशस्त्र प्रहरी एफओबी बलिरामपुरले जानकारी दिएको छ ।के-कति हातहतियार तथा गोलीगगट्ठा क्षति भयो भन्ने यकिन विवरण अहिलेसम्म आउन नसकेको सशस्त्र प्रहरीले जनाएको छ ।

Advertisement:apf-fire-bara-tatokhabar-tato-khabar

 

प्रतिक्रिया दिनुहोस् :