पुलको ठेक्का लिएर काम नगर्ने सांसद इन्द्र बहादुर बानियाँको फोटो राखेर बिरोध प्रर्दशन

indra-baniya-bridge-construction-late

तातोखबर, हेटौंडा / मकवानपुरको सदरमुकाम हेटौंडा नजिकै मनहरीमा पुलको ठेक्का लिएर काम नगर्ने सांसद इन्द्र बहादुर बानियाँको फोटो व्यानरमा नै राखेर पाँच दलले बिरोध प्रर्दशन गरेका छन् । पुल निर्माणको ठेक्का लिएर पनि काम समयमा नै नसक्ने बागमती प्रदेशसभाका सदस्य इन्द्र बहादुर बानियाँ सहितका फोटोहरु व्यानरमा राखेर यस क्षेत्रमा प्रर्दशन गरिएको छ ।

indra-baniya-construcrion-thekka

Advertisement:indra-baniya-bridge-construction-late

manahari-gaunpalika

manahari-bridge

पुल निर्माण गर्नका लागि बानियाँको कम्पनिले ठेक्क लिएतापनि काममा धेरै नै ढिलासुस्ती भएको, तोकिएको समयमा काम सम्पन्न नभएको लगायतका कुरामा स्थानीय ५ राजनीतिक दलले चासो राखेका थिए । स्थानीय पाँच दलले बिरोधको नयाँ शैली अपनाएर व्यानरमा फोटो रोखेर प्रर्दशन गरेका छन् । बानियाँ सहित अरु ठेकेदारहरुको पनि नाम र फोटो राखेर काम सम्पन्न नगरी अलपत्र पारेको भन्दै निर्माण स्थलमा पाँच दलले प्रर्दशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application