उत्तरी मकवानपुरमा रेडक्रसको राहत दामन उपशाखाबाट पनि बितरण हुने

 

थाहानगर – बिपदबाट क्षति भएका उत्तरी मकवानपुर पीडित परिवारहरुलाई नेपाल रेडक्रस सोसाईटीबाट उपलब्ध गराउने राहत सामग्रीको प्याकेज रेडक्रसको दामन उपशाखाबाट पनि बितरण हुने भएको छ ।
मकवानपुरको उत्तरी क्षेत्रमा आईपर्ने बिपतबाट क्षति भएका परिवारहरुलाई सहजरुपमा राहत उपलब्ध गराउनको लागि दामन उपशाखा मार्फत राहत बितरणको ब्यवस्था गरिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा मकवानपुरका सभापति लालबहादुर थापाले बताए । थापाले रेडक्रसको राहत प्याकेजमा त्रिपाल, भाडावर्तन, लत्ताकपडा, कम्बल लगायत तत्काल उपयोगमा आउने सामग्री भएको बताए ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा मकवानपुरले पालिका स्तरबाटै राहत सामग्री बितरणको ब्यवस्था मिलाउँदै आएको छ ।
रेडक्रसको राहत प्याकेजमा बिपत पश्चात तत्काल उपयोगमा आउने भएकोले सो स्थानीय स्तरबाटै उपलब्ध गराउनको लागि जिल्ला शाखासँगको समन्वयमा उपशाखा दामन मार्फत बितरण गर्ने ब्यवस्था गरिएको उपशाखाका निवर्तमान सभापति एवम् जिल्ला शाखा सदस्य राजकुमार के.सी.ले बताए । उत्तरी मकवानपुरमा बिपतबाट क्षति भएको परिवारलाई उपशाखाबाट नै रेडक्रसबाट उपलब्ध हुने राहत सामग्री हस्तान्तरणको ब्यवस्था निरन्तर गरिने के.सी.ले बताए ।
यसैबिच थाहा नगरपालिकाका आगलागी पीडित २ परिवारलाई नेपाल रेडक्रस सोसाईटी मार्फत उपलब्ध राहत सामग्रीको प्याकेज दामन उपशाखाले हस्तान्तरण गराएको छ ।
आगलागीबाट पूर्णक्षति भएका थाहा नगरपालिका वडा नं. ३ र ६ का दुई पीडित परिवारलाई बिहिवार राहत स्वरुप रेडक्रसले पीडितहरुलाई दामन उपशाखाको कार्यालय शिखरकोटबाट राहत प्याकेज सामग्री बितरण गरिएको सभापति मनश्याम बस्नेतले बताए ।
थाहा नगर आसपासका बिपत पीडितहरुलाई दामन उपशाखाको कार्यालय शिखरकोटबाट बितरण गरिने सभापति बस्नेतले बताए ।
बिहीबार राहत सामग्री हस्तान्तरण कार्यक्रममा कोषाध्यक्ष यादव जंग रायमाझी, सचिव राजाराम रायमाझी, सदस्य शकुन्तला गोपाली उपस्थिति रहेको थियो ।

Advertisement:

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application