नेपाल ‘ए’ ले क्यानडा–११ विरुद्ध पहिला ब्याटिङ गर्दै
तातोखबर, क्रिकेट / एकदिवसीय शृंखलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ‘ए’ ले क्यानडा–११ विरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।
मूलपानी क्रिकेट मैदानमा टस जितेर क्यानडाका कप्तान साद बिन जफरले फिल्डिङको निर्णय गरे।
तेस्रो खेलमा नेपाली टिममा चार खेलाडी परिवर्तन गरिएको छ। दोस्रो खेल खेलेका विवेक यादव, रिजन ढकाल, किरण ठगुन्ना र मयन यादवलाई परिवर्तन गरिएको हो। उनीहरूका स्थानमा आशुतोष घिरैया, प्रतिश जिसी, सुजन थपलिया र हेमन्त धामीले मौका पाएका छन्।यो खेलको कप्तानी पनि सन्दीप जोराले नै गर्ने भएका छन्। पहिलो खेल खेलेका कप्तान विनोद भण्डारी विरामी परेका कारण प्रशिक्षक ज्ञानेन्द्र मल्लले सन्दीलाई कप्तनाीको जिम्मेवारी दिएका छन्।
यसअघिका दुईमध्ये दुवै टिमले समान एक खेल जितेका छन्। शृंखला १–१ को बराबरीमा छ। आज विजयी हुने टिमले उपाधि जित्नेछ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

