अमेरिकाको भिटो पछि इजरायल र हमासबीचको युद्ध जारी रहने

तातोखबर, काठमाडौं / अमेरिकाले गाजामा जारी युद्ध रोक्ने राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावलाई भिटो प्रयोग गरेर रोकेको छ । अमेरिकाले भिटो प्रयोग गरेर इजरायल र हमासबीचको युद्ध तत्काल रोक्न नचाहेको हो ।
अल्जेरियाको नेतृत्वमा अरब राष्ट्रहरूले यो प्रस्तावलाई मंलबार मतदानका लागि पेस गरेका थिए । इजरायलको प्रमुख सहयोगी अमेरिकाले यसलाई पारित हुन नदिने चेतावनी दिएको थियो ।
यो प्रस्ताव मस्यौदाको विपक्षमा मतदान गर्ने अमेरिका मात्रै एक्लो राष्ट्र हो । अन्य १३ सदस्यले प्रस्तावको पक्षमा मतदान गरेका छन् ।
प्रस्तावमा अमेरिकाले भिटो प्रयोग गरेपछि चीनले अमेरिकाको कडा आलोचना गरेको छ । बेइजिङले अमेरिकी कदमले ‘गलत सन्देश’ पठाएको र ‘हत्यालाई निरन्तरता दिन ग्रिन सिग्नल’ दिएको भनेको छ ।
युद्ध अन्त्य गर्ने वार्तालाई समेत अमेरिकी कदमले खतरामा पारेको बेइजिङको भनाइ छ ।
सुरक्षा परिषद्को प्रस्ताव पारित गर्न कम्तिमा नौ मत चाहिन्छ । तर पाँच स्थायी सदस्य अमेरिका, बेलायत, फ्रान्स, रुस वा चीनमध्ये कसैले पनि भिटो प्रयोग गरेर रोक्न सक्छन् ।
अक्टोबर ७ देखि इजरायलले गाजामा आक्रमण जारी राखेको छ । हालसम्म त्यहाँ २९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । ८० प्रतिशत जनसंख्या विस्थापित भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस