उत्तर कोरियामाथि परमाणु रहस्य चोरेको आरोप

काठमाडौं / बेलायत, अमेरिका तथा दक्षिण कोरियाले उत्तर कोरियाले परमाणु रहस्य चोर्न विश्वभरका कम्पनीहरुका डाटा ह्याक गरेको आरोप लगाएका छन्।
उत्तर कोरियाली ह्याकर्सहरुले सरकारी तथा निजी कम्पनीका डाटाहरु चोर्ने प्रयास गरिरहेको यी देशले आरोप लगाएका छन्। एन्डारियल र ओनिक्स स्लीटका नाममा उत्तर कोरियाली ह्याकर समूह सक्रिय रहेको आरोप छ।
यस्तो समूह बेलायत, अमेरिका, दक्षिण कोरिया, जापान तथा भारत लगायतका देशका संवेदनशील डाटामा पहुँच पु¥याउन सक्रिय रहेको बताइएको छ। गुगल तथा इन्टरनेट ब्राउजिङबाट समेत यस्तो खालको आक्रमण भइरहेको अधिकारीहरु बताउछन्।
गुगल क्लाउडको म्यान्डियन्टका प्रमुख विश्लेषक माइकल बर्नहाटले यस्ता समूहले इन्टरनेटमार्फत् डाटाहरु चोरी गरी प्रयोगकर्ताको गोपनीयतासमेत भंग गरिदिने अवस्था रहेको बताए।
योसँगै वेब प्रणालीमार्फत् संकलन हुने राजश्व तथा अन्य करमा समेत पहुँच पु¥याएर ह्याकरहरुले त्यस्तो रकम चोर्ने जोखिम रहेको समाचारहरुमा जनाइएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस