नेपालले क्यानडा लाई २ सय १७ रनको लक्ष्य दियो

तातोखबर, क्रिकेट / नेपाल क्रिकेट टीम ए ले आज पहिलो एकदिवसिय खेलमा क्यानडा–११ लाई २ सय १७ रनको जितको लक्ष्य दिएको छ।
मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले पुरा ओभर खेल्दै नेपालले २१६ रन बनाएको हो । खेलमा बसिर अहमदले अर्धशतक प्रहार गरेका छन्।
दुई सातापछि यूएईमा आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज खेल्न जानुअघि क्यानडाले नेपालमा अभ्यास खेल खेलेको हो। नेपाल ए को कप्तानी विनोद भण्डारीले गरेका छन् । प्रधानमन्त्री कप, यू–१९ विश्वकप र नेपालको सिनियर टोलीमा नपरेका खेलाडीहरु नेपाल ए मा छन्।
यो टिममा क्यानडासँग अन्तिम खेलमा डेब्यू गरेका हेमन्त धामी, पहिलो खेलमा डेब्यू पाएका रिजन ढकाल र नेपाली टोलीबाट बाहिरिएका प्रतिश जिसी तीव्र गतिका बलर छन्।
नेपाल ए को प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहनेछन्। नेपालले क्यानडा ११ सँग तीन एकदिवसीय खेल्नेछ। दोस्रो खेल मंगलबार र तेस्रो तथा अन्तिम खेल बिहीबार हुनेछ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस