नेपाली क्रिकेटको इतिहासमा पहिलो पटक ‘ए’ टिम घोषणा
तातोखबर, क्रिकेट / क्यानडासँगको सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले नेपालको ‘ए’ टिम घोषणा गरेको छ।
नेपाली क्रिकेटको इतिहासमा ए टिम घोषणा गरिएको यो पहिलो पटक हो। उक्त टिमको कप्तानी विनोद भण्डारीले गर्नेछन्।
टिममा अधिकांस युवा खेलाडी रहेका छन्। ए टिमको प्रशिक्षक पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन्।
प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीले ए टिमबाट खेल्ने छन्। मुलपानी मैदानमा हुने भनिएको ए टिमको सिरिजको मिति सार्वजनिक हुन भने बाँकी रहेको छ।
को को छन् नेपालको ‘ए’ टिममा
विनोद भण्डारी (कप्तान), प्रतिश जी.सी, आशुतोष घिरैया, रसिद खान, अर्जुन कुमाल, रिजन ढकाल, बशीर अहमद, सागर ढकाल, विवेक यादव, शाहब आलम, हेमन्त धामी, सन्दीप जोरा, किरण ठगुन्ना, शेर मल्ल, मायान यादव, सुजन थपलिया रहेका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

