क्यानडाविरुद्ध नेपालको क्लिनस्वीप

nepal-vs-canada-odi-cricket-tatokhabar-tato-khabar

तातोखबर, क्रिकेट / क्यानडाविरुद्धको तीन एकदिवसीय श्रृंखला नेपालले क्लिनस्वीप गरेको छ ।

तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा ९ विकेटले जितेसँगै नेपालले श्रृंखला क्लिनस्वीप गरेको हो ।

Advertisement:nepal-vs-canada-odi-cricket-tatokhabar-tato-khabar

नेपालको अन्तिम खेलमा नेपाललाई जित दिलाउन अनिल साह र भीम सार्कीले शतकीय योगदान गरे । अन्तर्राष्ट्रिय एकदिवसीयमा पहिलो शतक बनाउने क्रममा अनिल साह ११२ र सार्की १०१ रनमा अविजित रहे । कुशल भुर्तेल १३ रनमा आउट भएका थिए ।

टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३२ रन बनाएको थियो। २ सय ३३ रनको लक्ष्य नेपालले ४४.३ ओभरमा एक विकेट गुमाएर भेट्टायो ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application