क्यानडाविरुद्ध नेपालको क्लिनस्वीप
तातोखबर, क्रिकेट / क्यानडाविरुद्धको तीन एकदिवसीय श्रृंखला नेपालले क्लिनस्वीप गरेको छ ।
तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा ९ विकेटले जितेसँगै नेपालले श्रृंखला क्लिनस्वीप गरेको हो ।
नेपालको अन्तिम खेलमा नेपाललाई जित दिलाउन अनिल साह र भीम सार्कीले शतकीय योगदान गरे । अन्तर्राष्ट्रिय एकदिवसीयमा पहिलो शतक बनाउने क्रममा अनिल साह ११२ र सार्की १०१ रनमा अविजित रहे । कुशल भुर्तेल १३ रनमा आउट भएका थिए ।
टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३२ रन बनाएको थियो। २ सय ३३ रनको लक्ष्य नेपालले ४४.३ ओभरमा एक विकेट गुमाएर भेट्टायो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

