लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

तातोखबर, फुटबल/ लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा कायम रहेको छ।
गएराति भएको खेलमा बर्नलीलाई ३–१ ले हराएको थियो। उसका लागि डिएगो जोटाले पहिलो गोल गरेयता रेलिगेसनबाट बच्न संघर्षरत बर्नलीका लागि डारा ओ’सले बराबरी गोल फर्काएका थिए। लिभरपुलका लुइस डियाज र डारविन नुनेजले गोल गरे।
गएराति नै भएको खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले एभरटनलाई २–० ले हराएर शीर्षमा उक्लेको थियो। यद्यपि सिटीले एक खेल कम खेलेको छ। लिभरपुलको २४ खेलबाट ५४ अंक भएको छ भने २३ खेल खेलेको सिटीको ५२ अंक छ।
अन्य खेलमा फुलहमले बर्नमाउथलाई ३–१, सेफिल्ड युनाइटेडले लुटन टाउनलाई ३–१, टोटनहमले ब्राइटनलाई २–१, ब्रेन्टफोर्डले उल्भ्सलाई २–० ले न्युकासल युनाइटेडले नटिङ्घम फरेस्टलाई ३–२ ले हरायो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस