कोशी प्रदेशमा मन्त्री थपिँदै, को को छन् लिस्टमा?

तातोखबर, कोशी प्रदेश/ कोशी प्रदेश सरकार आज विस्तार हुने भएको छ। नवनियुक्त मन्त्रीहरूको आजै ४ बजे शपथ हुने तय भएको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री शम्सेर राईले जानकारी दिएका छन्।
थप हुने मन्त्रीहरूमा काँग्रेसबाट प्रदिपकुमार सुनुवार, रामकुमार खत्री मन्त्री तथा ईन्दीरा थापा राज्यमन्त्री हुने भएकी हुन्।
यस्तै, माओवादी केन्द्रबाट राजेन्द्रकुमार कार्की र नारायण बुर्जा मगरले मन्त्रीको शपथ लिने तय भएको छ।
स्रोतका अनुसार सुनुवार स्वास्थ र खत्रीले कृषि मन्त्रालयको जिम्मेवारी पाउनेछन्।
यस्तै, थापा स्वास्थ्य राज्यमन्त्री बन्नेछिन्। यस्तै माओवादीका बुर्जा मगर सिँचाई तथा ऊर्जा र कार्की सामाजिक विकासमन्त्री हुने भएका हुन्।
हाल प्रदेश सरकारमा कांग्रेसबाट शम्शेर राई आन्तरिक मामिला तथा कानून, माओवादीका गणेश उप्रेती पर्यटन, वन तथा वातावरण र नेकपा एसका कमल प्रसाद जबेगू भौतिक पूर्वाधार मन्त्री रहेका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस