आज तीन वटा संसदीय समितिको बैठक बस्दै

samsadiye-samiti-meeting

तातोखबर, काठमाडौं / आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्दैछ ।

बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्ने दिगो विकास तथा सुशासन समितिको बैठकमा संघीय संसद् भवन निर्माणको हालसम्मको प्रगतिको सम्बन्धमा छलफल हुनेछ ।

Advertisement:samsadiye-samiti-meeting

बिहान ११ बजे नै बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सोह्रौ पञ्चवर्षीय योजनामा दिगो विकास लक्ष्य तथा लैङ्गिकमैत्री दृष्टिकोणबाट निर्माण गर्न समावेश गर्नुपर्ने सुझावहरूका सम्बन्धमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application