संस्कृत विद्यालयमा नेपाल टेलिकमको निःशुल्क इन्टरनेट

हेटौंडा – नेपाल टेलिकमले आफ्नो २० औँ वार्षिकोत्सवको अवसरमा हेटौँडामा रहेको संस्कृत विद्यालयमा इन्टरनेट जडान गरी निःशुल्क रुपमा सेवा उपलब्ध गराएको छ । नेपाल टेलिकम, हेटौँडाले कम्पनीको वार्षिकोत्सवको अवसरमा हेटौँडा उपमहानगरपालिका १० स्थित गोरक्षेश्वरधाममा रहेको संस्कृत वेद विद्यालयमा एक कार्यक्रमका बीच निःशुल्क रुपमा इन्टरनेट सेवा उपलब्ध गराएको हो । एक वर्षका लागि निःशुल्क रुपमा इन्टरनेट सेवा शिक्षक र विद्यार्थीले प्रयोग गर्न पाउने छन् ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा टेलिकम हेटौँडाका कार्यालय प्रमुख दिलिपकुमार वर्माले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई प्रविधिमैत्री बनाउन सहयोग पु¥याउने उद्देश्यले निःशुल्क रुपमा इन्टरनेट सेवा उपलब्ध गराइएको बताए ।
कार्यालय प्रमुख वर्माले विद्यार्थी र विद्यालय परिवारलाई प्रविधिमार्फत अध्ययन अध्यापन गर्न गराउन सजिलो हुने अपेक्षासहित द्रुत गतिको इन्टरनेट जडान गरिएको जानकारी दिँदै अवस्था हेरेर आगामी वर्षमा पनि निरन्तरता दिइने बताए ।
एक वर्षका लागि २५ एमबिपिएसको द्रुत गतिको ईन्टरनेट (एफटिटिएच) सेवा, टेलिफोन सेवा र तीन सय एमबिपिएस प्रतिदिन मोवाइल डाँटा विद्यालयले निःशुल्क पाउने गरी टेलिकमले जडान गरिदिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण थापाको अध्यक्षतामा भएको कार्यक्रममा टेलिकमका कर्मचारी, विद्यालयका शिक्षक, कर्मचारी र अभिभावकको सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस