अब प्रतिनिधिसभाका सांसदहरूको हाजिरी दैनिक रूपमा सार्वजनिक गरिने

तातोखबर, काठमाडौं / प्रतिनिधिसभा बैठक सञ्चालन गर्न फागुन १५ गतेसम्मको क्यालेन्डर स्वीकृत गरिएको छ।

कार्यव्यवस्था परामर्श समितिको बैठकले हिजोदेखि फागुन १५ सम्म बैठक बस्ने दिन र त्यस दिन संसदमा छलफल गरिने विषयसहितको क्यालेन्डर स्वीकृत गरेको हो।

Advertisement:

सभामुख देवराज घिमिरेले कार्यतालिका लागु हुने भएपछि सांसदहरुलाई सहज हुने बताएका छन् । गएको एक वर्षमा एउटा मात्रै विधेयक पारित भएको विषयलाई लिएर धेरै प्रश्नहरु उठेका छन्। ती सबै प्रश्नको समेत जवाफ दिने गरी आगामी अधिवेशनलाई परिणाममुखी बनाउन सभामुख घिमिरेले अपिल पनि गरेका छन् ।

स्वीकृत कार्यतालिकाअनुसार अब प्रतिनिधिसभाका सांसदहरूको उपस्थिति दैनिक रूपमा सार्वजनिक गरिने भएको छ। सांसदहरूले विद्युतीय हाजिरी गर्ने र सोको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्ने निर्णय भएको छ।

सांसदहरू संसद् बैठकमा उपस्थित हुन छोडेको भनेर टिप्पणी हुन थालेपछि दैनिक रूपमा हाजिरी सार्वजनिक गर्ने तयारी गरिएको हो।

प्रतिक्रिया दिनुहोस् :