रास्वपाको दबाब अभियान: सिन्धुपाल्चोक-काठमाडौं यात्राको अगुवाइ सोविता गौतमले गर्ने

तातोखबर, काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘देशव्यापी दबाब अभियान’सुरु गर्दैछ।
आगामी चैत २१ गतेसम्म चल्ने पहिलो चरणको अभियानको आज पार्टी सभापति रवि लामिछानेले सिन्धुपाल्चोकको मेलम्चीबाट बिहान साढे १० बने उद्घाटन गर्ने पार्टी उपसभापति डोल प्रसादले अर्यालले जानकारी दिए। अभियानमा सम्पूर्ण पार्टी पदाधिकारी र सांसदहरूलाई उपस्थिति हुन निर्देशन दिएको अर्यालले बताए।
भोलिदेखि संसद्को हिउदे अधिवेशन सुरु हुने भएकाले संसद् नभएको दिन मात्रै यो अभियान चल्ने उनले बताए। रास्वपाले मेलम्ची खानेपानी आयोजना निर्माणलाई पूर्णता दिन दबाबका लागि आयोजनाको कार्यालय परिसरबाटै अभियानको थालनी गर्न लागेको हो।
सिन्धुपाल्चोक–काठमाडौं दबाव यात्राको सांसद सोविता गौतमले अगुवाइ गर्नुहुनेछ। यसअघि पनि रास्वपाले नारायणगढदेखि बुटवलसम्म ’दबाब यात्रा’ गरेको थियो।
१ सय १३ किलोमिटर लामो सडकमा सभापति लामिछानेसहितले पैदल यात्रा गर्दै निर्माण कार्य समयमै सम्पन्न गराउन दबाब दिएका थिए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस