इतिहासको नाममा -(अनिल कोइराला)



-(अनिल कोइराला)

इतिहासको नाममा

केही पान्नाहरू सुरक्षित होलान्
केही सालिकहरू थपिदै जालान्
केही विचारधारा काँटछाट होलान्
तर परिवर्तनको बिगुल फुक्ने
आज किन भुक्न र वैरीको पछी लुक्न छोड्दैन्न ।

रगतका पाप्रा बोलेका छन्
खुकुरीको धार बोलेको छन्
आमाको आँसु बोलेको छ
सिउँदोको सिन्दुर बोलेको छ
नबोल्ने सबै बोल्न थालेका छन्
तर मान्छे किन ढुङ्गो बन्दैछ ?

शान्तिको बिहान लेराउने चेष्टा गर्ने
हामीलाई छत्विछत् पारियो
या भनौँ मारियो
हामी स्वाभिमानका निमित्त मर्न तयार थियौ
तर आज किन भाइचारको हत्या हुन्छ ?

समयको घेराबाट उम्किएर
तिमी किन समयसँग जोहोरी खेल्न हार मान्दैछौ
यहाँ, म प्रश्नको भार बोकेर प्रतिदिन बाटो हेर्छु
केही त होला नि भविष्यमा
तर केवल पतनको सुरुवात मात्र देख्छु ।

हामीले रचेका गाथाको बलत्कार मात्र देख्छु
यदि यतिनै कुरूप बनाउनु छ भने ईतिहास
च्यातिदेउ इतिहासको प्रतिलिपी
ढलाईदेऊ कङ्कृडको सालिक
र राखिदेऊ हामीलाई गुमनामको सुचीमा ।

मलाई कुनै अतित र भविष्यमा अल्झिरहनु छैन
मलाई मुक्तिको लोभमा अझै पर्खिरहनु छैन ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

तातोखबर, काठमाडौं / संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बसिरहेको छ। बिहान ११ बजे सुरु भएको आजको बैठकमा एउटामात्रै व्यवस्थापकीय कार्यको

– राजेश दिदिया भक्तपुर, १२ फागुन / साहित्यकार तिलक प्रकाशका दुई कृति एकै साथ विमोचन भएका छन् । लामो समयदेखि

तातोखबर / अष्ट्रेलियामा पछिल्लो समय विदेशी विद्यार्थीलाई भिसामा कडाइ गरिएको छ। सरकारको पछिल्लो तथ्यांकअनुसार ६ महिनामा गत डिसेम्बर २०२३ मा