गजल



(अनिल कोइराला)
पालुवासँगै चराचुरुङ्गी मुस्कुराए जस्तो छ
लाग्दैछ, बल्ल पो बसन्त आए जस्तो छ
.
अँध्यारो अँध्यारो देख्दैछु मलिन मुहार
ऊ सँग उसकी सङ्गिनी रिसाए जस्तो छ
.
नजरले देखे हातले चुँढे उसको अस्तित्व
अत्तर छाड्नु अघि फूल ओइलाए जस्तो छ
.
हिजो मात्रै सेयर बजार छिरेको हो ऊ
ठूलै भाग खाने सपनाले डुबाए जस्तो छ
.
मसाल उठाएर जुलुसमा के हिडेको थियो
सोच्दो हो हत्केलामा सुर्य उठाए जस्तो छ
.
लिने हातले आज दान दिएको हेरेर आएँ
आज त घाम पश्चिमबाट उदाए जस्तो छ
.
कोइलीको सङ्गत परेर होकी क्या हो कुन्नि
काग पनि मधुर स्वरमा गुन्गुनाए जस्तो छ
.
यहाँ नबोलेरै चल्ने रहेछ प्रेमको दाउपेच
आँखाले आँखालाई केही बताए जस्तो छ


प्रतिक्रिया दिनुहोस !
शिक्षा
सम्बन्धित खबरहरु

काठमाडौं, १ बैशाख / तारकेश्वर नगरपालिकाको तीनपिप्लेमा नेपाली पहिचान झल्काउने सामाग्रीहरु सहितको चलचित्र छायाङ्कन स्टुडियो उद्घाटन गरिएको छ । तारकेश्वर

काठमाडौं, ६ चैत्र । मानव जीवनमा कति के खालका विपत्ती आउन सक्छन् त कति बेला कस्ता सुखद समय आउन सक्छ

काठमाडौं, ५ चेत्र / नेपाली चलचित्र क्षेत्रका कलाकारहरुको छाता संस्था चलचित्र कलाकार संघको नेतृत्व कलाकार एवं निर्देशक र लेखक मोहन