इतिहासको नाममा -(अनिल कोइराला)

-(अनिल कोइराला)
‘इतिहासको नाममा‘
केही पान्नाहरू सुरक्षित होलान्
केही सालिकहरू थपिदै जालान्
केही विचारधारा काँटछाट होलान्
तर परिवर्तनको बिगुल फुक्ने
आज किन भुक्न र वैरीको पछी लुक्न छोड्दैन्न ।
रगतका पाप्रा बोलेका छन्
खुकुरीको धार बोलेको छन्
आमाको आँसु बोलेको छ
सिउँदोको सिन्दुर बोलेको छ
नबोल्ने सबै बोल्न थालेका छन्
तर मान्छे किन ढुङ्गो बन्दैछ ?
शान्तिको बिहान लेराउने चेष्टा गर्ने
हामीलाई छत्विछत् पारियो
या भनौँ मारियो
हामी स्वाभिमानका निमित्त मर्न तयार थियौ
तर आज किन भाइचारको हत्या हुन्छ ?
समयको घेराबाट उम्किएर
तिमी किन समयसँग जोहोरी खेल्न हार मान्दैछौ
यहाँ, म प्रश्नको भार बोकेर प्रतिदिन बाटो हेर्छु
केही त होला नि भविष्यमा
तर केवल पतनको सुरुवात मात्र देख्छु ।
हामीले रचेका गाथाको बलत्कार मात्र देख्छु
यदि यतिनै कुरूप बनाउनु छ भने ईतिहास
च्यातिदेउ इतिहासको प्रतिलिपी
ढलाईदेऊ कङ्कृडको सालिक
र राखिदेऊ हामीलाई गुमनामको सुचीमा ।
मलाई कुनै अतित र भविष्यमा अल्झिरहनु छैन
मलाई मुक्तिको लोभमा अझै पर्खिरहनु छैन ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस