हेटौंडामा २१ जनाले गरे रक्तदान

हेटौंडा \ हेटौंडामा शनिबार आयोजित रक्तदान कार्यक्रममा २१ जनाले रक्तखान गरेका छन् । मकवानपुर घरजग्गा व्यवसायी संघको आयोजनामा आयोजित रक्तदान कार्यक्रममा रक्तदान गरेका हुन् ।
संघका अध्यक्ष कमल मैनालीको सभाध्यक्षता तथा नेपाल पत्रकार महासंघ मकवानपुर शाखा अध्यक्ष मणिराज गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । संघले पहिलो विशेष साधारण सभाको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको जनाइएको छ । रक्तसञ्चार केन्द्रको सहकार्यमा संघले कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष प्रमोद सिं रानाभाट, तयारी पोशाक तथा कपडा व्यवसायी संघका अध्यक्ष नेत्रप्रसाद खतिवडा,खेलकुद विकास समिति हेटौंडा नगर अध्यक्ष रवीन्द्र घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस