फुटुङ्ग सरोकार मञ्चको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

तातोखबर, काठमाडौँ / रक्तदान जिवनदान भन्ने मुल नाराको साथ राष्ट्रिय धान दिवसको अवसर पारेर आज शनिबार बिहान ९ बजे फुटुङ्ग मा.वि, फुटुङ्ग काठमाडौँमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
फुटुङ्ग सरोकार मञ्चको आयोजना तथा गु्रपअफ फुटुङ्गको सह-आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा काठमाडौँँ निर्वाचन क्षेत्र नम्बर ६बाट निर्वाचित संघिय सांसद शिशिर खनाल र विशिष्ट अतिथिका रुपमा काठमाडौँँ निर्वाचन क्षेत्र नम्बर ६(ख)बाट निर्वाचित बागमती प्रदेशका सांसद अमन मास्केको सहभागिता रहेको थियो ।
सहभागि १२५ जना मध्ये १०० जनाले रक्तदानमा भाग लिएका थिए । हिमाल ब्लड ट्रासफिउसन सेन्टरले सो रक्तदान कार्यक्रममा चिकित्सकिय सहयोग गरेको थियो । रक्तदान कार्यक्रममा दारी ग्याङ्गका सदस्यहरुको बाक्लो उपस्थिती रहेको कुरा दारी ग्याङ्गका सदस्य प्रवीण ज्ञवालीले बताए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस