आवेगमा कुनै पनि घरजग्गा खरिद गर्न नहुने एक सफल युवा व्यवसायीको सन्देश
अमेरिका, १० मंसिर / उपभोक्ताहरुले कुनै पनि उपभोग्य श्रोत तथा साधन खरिद गर्दा आवेगमा आएर निर्णय गर्न नहुने सन्देश अमेरिकामा रहेका एक युवा रियलस्टेट व्यवसायीले दिन चाहेका छन् । नेपालमा घर जग्गा खरिद विक्रीमा देखिएको मन्दीलाई लक्षित गर्दै उनले यस्तो सन्देश दिन चाहेका हुन् ।
सुदुरपश्चिम नेपालको पहाडी जिल्ला आछामका एक युवा व्यवसायी चन्द्रकान्त उपाध्यायले गएको डेड वर्ष अघिदेखि मात्रै आवास तथा जमीन कारोबार व्यवसाय सञ्चालन गरेर छोटो समयमा नै सफलता हासिल गरेपछि उनले त्यँही बसेर नेपालको घरजग्गा खरिद बिक्री व्यवसायमा देखिएको समस्याको अध्ययन गर्न शुरु गरेका हुन् । उनले नेपालको दुर्गममा जन्मिएको एक ब्यक्ति अमेरिका जस्तो विकसित मुलुकमा रियलस्टेट ब्यावसाय गरेर सफल हुन सक्छ भने नेपालमा नेपाली ब्यवासयीहरुले किन असफलता व्यहोर्न बाध्य छन् ? भन्ने विषयमा नजिकबाट नियाल्न शुरु गरेका हुन् ।
युवा व्यवसायी चन्द्रकान्त उपाध्यायले भनेका छन्, ‘उपभोक्ताहरुमा भरोषा दिलाउन सक्ने हो र व्यवसायप्रति इमान्दार हुने हो भने कुनै पनि व्यवसायबाट सफलता हासिल गर्न सकिन्छ । सबभन्दा पहिला जुनुसुकै पेशा वा व्यवासय गर्न इच्छा राख्ने ब्यक्तिले यस्तो धारणा बनाईहाल्नु आवश्यक छ र मसँग पनि त्यहि गुण र योग्यता छ । त्यसैले छोटो समयमा नै मलाई जमीन तथा आवास खरिद बिक्री व्यवसायमा स्थापित हुन सफलता मिल्यो ।’
कुनै पनि व्यवसायबाट व्यवसायी मात्रै सफल हुँदा उपभोक्ता असफल हुनु नहुने पनि उपाध्यायको धारणा रहेको छ । उपभोक्ताहरुलाई भरोषा दिलाउन के गर्नु पर्छ ? भनेर राखिएको जिज्ञाषामा उनी भन्छन् ‘आफूले प्रदान गर्दै आएको सेवा वा वस्तुको गुणस्तरीयता र यसको प्रभावकारिताको विषयमा म खुलस्त इच्छुक खरिदकर्ताहरुलाई बताउने गर्छु । मेरो यी कुराहरुले उपभोक्ताहरुलाई विश्वास गर्न सजिलो हुन्छ र उहाहरुलाई विस्तारै यसको विश्वयताप्रति गम्भीररुपमा सोच्ने आधार तयार गरिदिन्छ र भरोषा गर्न उपयुक्त मानसिकता बनाईदिन्छ । घर तथा जग्गा खरिद गरेपछि उपभोक्ताहरुका लागि जीवनभरीका लागि उपयुक्त हुने किसिमको हुनुपर्छ । त्यसैले यसमा गरिने लगानी उहाँहरुको जीवनका लागि महत्वपूर्ण हुन सक्छ ।’
बजारमा यस्तै व्यवसाय सञ्चालन गर्ने अरु थुपै्र व्यवासयीहरु हुन सक्छन्, उनीहरुको मन जितेर आफ्ना सेवा वा वस्तु बिक्री गर्न ठूूलै चुनौति हुने भएकोले व्यवसायीहरुले यस्ता चुनौतिको सामना गर्न उत्साहित भएर समाधान खोज्न जरुरी रहेको व्यवसायी चन्द्रकान्त उपाध्यायको बुझाई छ । उनि जोड्छन् ‘बजारमा उस्तै सेवा वा वस्तु बिक्री गर्ने अरु थुप्रै व्यवसायीहरु हुन सक्छन् । अस्वस्थ प्रतिष्पर्धा पनि चलिरहेको हुन सक्छ । कुनै खरिदकर्तालाई सयौं घर तथा जमीन देखाउदैसम्म आफूसँग नजिक भएको देखिन्छ तर पछि अर्कैसँग घरजग्गा खरिद गर्न सक्छ । त्यसैले यस्ता विषयमा आफू सजग रहेर आफू निकटका उपभोक्ताहरुलाई भरोषा दिलाएर चित्त बुझाउने क्षमताको विकास गर्न सक्नु पर्छ । यसमा प्रतिबद्धता जनाएर आफूसँग भरोषा गर्ने खरिदकर्ता आफैंले रिझाउनु पर्छ । यसका लागि मैले आफ्नो क्षमतालाई झनै परिष्कृत गर्न मेहनत र विवेक प्रयोग गर्ने अनि एक्लैले यो काम गर्छु तर पनि मेरो सम्पर्क एउटा कार्यसमूहसँग रहने गर्छ ।’
अरुले दिएको रोजगारीमा काम गर्न जादाँ दैनिक ८ घण्टा पनि अत्याधिक लामो समय महशुस हुने भए पनि आफ्नै काम गर्दा १८ घण्टा खटिदा पनि सामान्य लाग्ने र अझ उत्साह बढ्ने गरेको उनी बताउँछन् । युवाहरु आफूसँग कस्तो क्षमता र ब्यक्तित्व छ ? त्यसलाई हेरेर आफ्नो रोजगारको अवसर खोज्ने विषयमा अलमलमा पर्ने गरेको युवा व्यवसायी चन्द्रकान्त उपाध्यायको हेराई छ । ‘‘साच्किै केही गर्छु’ भनेर निर्णय लिन सक्ने रोजगारको अवसर खोजकर्ताले सम्भावनाको विषयमा पनि ध्यान दिनु पर्छ र रोजगारको विकल्प अपनाउन पर्छ’ उपाध्याय भन्छन् ‘मैले पनि यो व्यवसायमा हात हाल्दा एउटा जोखिम चैं मोलेको थिएँ । तर पनि यतिबेला मेरो परिवारको आवश्यक खर्च व्यवस्थापनमा कुनै कठिनाई छैन ।’ काम शुरु गर्ने वित्तिक्के लाभ लिन सकिएन भन्ने चिन्ता लिने समय आफूले अङ्गालेको काममा लगाउनु पर्ने उनी ठान्छन् ।
अमेरिका जस्तो देशमा नेपालबाट आएको एउटा युवा अन्य व्यवसायमा लगानी नगरी रियलस्टेट व्यवसायमा नै प्रेरित हुने कारण के थियो ? भनेर राखिएको जिज्ञाषामा उनको जवाफ छ ‘मैले एउटा दीगो व्यवसायको विकल्प खोजिरहेको थिएँ । शारीरिक रुपमा नै वेयरहाउसको काम गर्दा कठिनाई त व्यहोर्नु थियो नै त्यसमाथि पनि परिवारको खर्च धान्न पनि मलाई धौ धौ थियो । यहि परिस्थितिले मलाई अर्को एउटा व्यवसाय सञ्चालन गर्न सोच्नु पर्ने भयो । यहि मानसिकता नै मलाई यो व्यवसायमा आकर्षित गर्ने उत्प्रेरणा बन्न पुग्यो ।
नेपालबाट अमेरिका गएर विभिन्न पेशा वा व्यवसाय गर्ने थुपै्र नेपालीहरु रहेकोमा उनीहरुमध्ये कतिपयले आवास खरिद गर्न चाहे भने उनीहरुलाई सुझाव दिदै युवा व्यवसायी उपाध्याय भन्छन् ‘बजारमा विभिन्न क्षमता र गुणस्तर आवासहरु उपलब्ध छन् । उपभोक्ताहरुले ती आवासहरु आफ्नो अभिरुचि, आर्थिक क्षमता र प्रभावकारिता हेरेर किन्नु पर्छ । पछि कुनै बेला बेच्न चाहँदा पनि बिक्री गर्न सक्ने सम्भावन हेर्नु पर्छ घर किन्न गरिने लगानीमा घरको मूल्य कम तर त्यसको ब्याजदर ज्यादा भएको बेला किनिएको घर कुनै बेला मूल्य ज्यादा र ब्याजदर कम हुन सक्छ । त्यसैले घर खरिद चाहनेले आवश्यक पर्दा ढुक्क भएर खरिद गर्न सक्नुहुन्छ ।’
व्यवसाय शुरु गरेको छोटो समयमा नै उत्कृष्ट काम गरेको मूल्याङ्कन गर्दै एउटा संस्थाले रियलस्टेट व्यवसायी चन्द्रकान्त उपाध्यायलाई सम्मान समेत दिईसकेको छ । उत्प्रेरक आवास व्यवासयीको रुपमा उनलाई छनौट गरिएको उपाध्याय बताउँछन् । अमेरिकामा उक्त सम्मानका लागि अहिलेसम्म कुनै पनि नेपाली घरजग्गा व्यवसायले मौका पाएका छैनन् । सो सम्मानका लागि आफू पहिलो नेपाली व्यवसायी बन्न पाउदा आफू निकै नै हर्षित भएको उनी बताउँछन् ।
– टिमी सण्डेका लागि सोनिसा थापाले गरेको कुराकानीमा आधारित समाचार
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

