भोलिबाट धरहरामा निःशुल्क पार्किङ खुल्ला

dharahara-parking-tato-khabar-tatokhabar-tattatokhabar-hot-news-tato-tato-khabar

तातोखबर, काठमाडौँ महानगरपालिका /  काठमाडौँ महानगरपालिकाले धरहरामा निःशुल्क पार्किङ खुल्ला गरेको छ । धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तल्लामा भोलिदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको छ ।

काठमाडौँ महानगरले न्युरोड क्षेत्रमा सडकमाथि पार्किङ निषेध गरेको थियो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भोलिदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा निःशुल्क पार्किङको व्यवस्था मिलाइएको बताएका छन् । यसअघि काठमाडौँटावर (साबिकको पुरानो बसपार्क) मा निःशुल्क पार्किङको व्यवस्था मिलाएको उनले बताए ।

Advertisement:dharahara-parking-tato-khabar-tatokhabar-tattatokhabar-hot-news-tato-tato-khabar

५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुने उनले बताए । संरचनागत रुपमा, यो पार्किङको संरचना नेपालकै सबैभन्दा ठूलो पनि हो ।

प्रतिक्रिया दिनुहोस् :