आईसीसी यू-१९ विश्वकप क्रिकेट: नेपालको ऐतिहासिक जित

u-19-cricket

तातोखबर, काठमाडौँ / आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपाल आजको खेल जितेर सुपर सिक्समा पुगेको यात्रातय गरेको छ ।

अफगानिस्तानले जितका लागि दिएको १४६ रनको लक्ष्य नेपालले ४४ ओभर ४ बलमा ९ विकेटको क्षतिमा भेट्टायो ।

Advertisement:u-19-cricket

यसअघि अफगानिस्तानले पहिले ब्याटिङ गर्दै जितका लागि नेपाललाई १४६ रनको लक्ष्य दिएको थियो । अफगानिस्तानले पहिले ब्याटिङ गर्दै १४५ रनमा अलआउट भयो ।

नेपालको जितमा बलर आकाश चन्दको ५ विकेट र कप्तान देव खनालको अर्धशतकको महत्वपूर्ण भूमिका रह्यो। ८ ओभर बलिङ गर्दै ३४ रन दिएर ५ विकेट लिएका आकाश म्यान अफ द म्याच घोषित भएका छन् ।

९ रनमा अविजित रहेका सुभाष भण्डारीले अरब गुलको बलमा चौका प्रहार गर्दै नेपाललाई १ विकेटले जिताए। तिलक भण्डारी अर्को छेउमा २ बलको सामना गरेर शून्यमा अविजित रहे ।

नेपालका लागि ओपनर अर्जुन कुमालले १४ बलको सामना गरे र २ चौका हान्दै १० रन बनाएर आउट भए। उनी पाँचौँ ओभरमा आउट हुँदा नेपालको स्कोर ११ रनमात्र थियो।

त्यसपछि नेपालको दोस्रो विकेटका रुपमा नेपालको स्कोर १५ रन हुँदा ७औँ ओभरमा अलराउण्डर गुल्शन झा आउट भए। उनलाई आजको खेलमा ब्याटिङका लागि फर्स्ट विकेट डाउन हुनासाथ पठाइएको थियो तर उक्त परीक्षण असफल भयो।

नेपालको स्कोर २४ रन हुँदा पालीको ९औँ ओभरमा अर्का ओपनर विपिन रावल पनि तेस्रो विकेटका रुपमा आउट भए। उनले १९ बल खेलेर २ रनमात्र बनाए।

त्यसपछि क्रिजमा आएका देव खनालले कप्तानी पाली खेल्दै अर्धशतक बनाएर एकछेउबाट विकेट जोगाउँदै नेपालको जितको आस कायमै राखेका थिए।

२४औँ ओभरमा कुल स्कोर ७३ हुँदा आकाश त्रिपाठी आउट हुँदा नेपालको चौथो विकेट खस्यो। त्रिपाठीले ३९ बल खेलेर १६ रन बनाए।

उनीपछि २७औँ ओभरमा दीपक डुम्रे पनि आउट भए। डुम्रेले १३ बलको सामना गर्दै ५ रन बनाएर अरब गुलको बलमा अली अहमदबाट क्याच आउट भए। त्यति वेला नेपालको पाँचौँ विकेटका रुपमा डुम्रे आउट हुँदा स्कोर ८६ रन थियो।

४ बलको सामना गरेर एउटा चौका प्रहार गरेका दिपेश कँडेल ४ रन बनाएर आउट हुँदा नेपालले छैटौँ विकेट गुमाएको थियो। कँडेललाई अफगानी कप्तान नसिर खान मरुफखिलले २८औँ ओभरमा एलबीडब्ल्यूको धरापमा पारे।

सुपर सिक्समा पुग्नका लागि खेल जित्न १९ रनमात्र बाँकी रहँदा सातौँ विकेटका रुपमा कप्तान देव खनाल ३७औँ ओभरमा आउट भए। उनी आउट हुँदा नेपालको स्कोर १२७ रन थियो। उनलाई गजनफारले विकेटकिपर नुमान साहबाट क्याच आउट गराए।

आउट हुनुअघि खनालले ८९ बल खेलेर ७ चौकाको सहायताले ५८ रन बनाए। यो नै नेपालका लागि सर्वाधिक व्यक्तिगत स्कोर रह्यो।

४२औँ ओभरमा नेपालको स्कोर १४० रन हुँदा आठौँ विकेट ढल्यो। ४२ बलमा ४ चौका हान्दै २७ रन बनाएका दिपक बोहरालाई ४२औँ ओभरमा फरिदून दाउदजाईले बोल्ड गरे। यतिवेला नेपाल जितबाट ६ रनमात्र पछाडि थियो।

जितका लागि २ रन बाँकी रहँदा कुल १४४ रनको स्कोरमा नेपालले नवौँ विकेट गुमायो। ८ बलमा १ रन बनाएका आकाश चन्द ४४औँ ओभरमा फरिदून ‍दाउदजाईको बलमा बोल्ड भए।

अफगानिस्तानका लागि फरिदून दाउदजाईले सर्वाधिक ३ विकेट लिए। खलिल अहमद र कप्तान नसिर खान मरुफखिलले २/२ विकेट तथा एएम गजनफार र अरब गुलले १/१ विकेट लिए।

दक्षिण अफ्रिकाको इस्ट लण्डनस्थित बफेलो पार्क मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तान ४० ओभर १ बलमा १४५ रन बनाएर अलआउट भयो।

शुरुवातदेखि नै छिटो छिटो विकेट गुमाएर दबाबमा परेको अफगानी टोली नेपालविरुद्ध जित्ने स्कोर गर्न कठिन देखिए पनि पुछारका ब्याट्सम्यान

३४ रन बनाउँदा नै ५ विकेट गुमाइसकेको अफगानिस्तानले त्यसपछि सम्हालिएको प्रदर्शन गरेको थियो।

कप्तान नसिर खान र फरिदून दाउद्जाईले उत्कृष्ट अर्धशतकीय साझेदारी गर्दै अफगानिस्तानको पारी सम्हालेका थिए। खानले ३१ रन बनाउँदा दाउद्जाईले २९ रन बनाए।

अफगानिस्तानका लागि मोहम्मद गजनफारले सर्वाधिक ३७ रन बनाए।

अफगानिस्तानका लागि कप्तान नसिर खान मरुफखिलले ८३ बलमा ३ चौका हान्दै ३१ रन बनाए। फरिदून दाउदजाईले ६५ बलमा ४ चौकाको मद्दतले २९ रन बनाएर आउट भए।

हसन इसाखिलले ३५ बलमा ४ चौकाको सहायताले २० रन बनाउनुबाहेक अफगानिस्तानका ४ जना खेलाडी शून्यमा आउट भए। अफगानिस्तानको स्कोरमा उसले पाएको २१ अतिरिक्त रनको पनि योगदान रह्यो।

नेपालका आकाश चन्द एक्लैले ५ विकेट लिए। ८ ओभर बलिङ गरेका उनले यसका लागि ३४ रनमात्र खर्चिए। ​​दीपेश कँडेलले २ विकेट, गुल्सन झा, तिलक भण्डारी र दीपेश भण्डारीले १/१ विकेट लिए।

समूह चरणको अन्तिम खेल खेलिरहेका दुवै टोलीका लागि आजको खेल सुपर सिक्समा प्रवेश गर्न ‘गर या मर’ को स्थितिमा थिए।

नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो।

अफगानिस्तान पाकिस्तानसँग १८१ र न्युजिल्यान्डसँग १ विकेटले पराजित भएको थियो। दक्षिण एशियाका दुई चर्चित यू-१९ टोली नेपाल र अफगानिस्तानले विश्वकपमा प्रतिस्पर्धा गरेको यो नै पहिलोपल्ट हो।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application