अफगानिस्तानमा एयर एम्बुलेन्स दुर्घटना: चारजनाको जिवितै उद्धार

bbc-report-tatokhabar-tato-kabar

तातोखबर, काठमाडौँ / अफगानिस्तानमा दुर्घटनाग्रस्त एयर एम्बुलेन्समा सवार चारजनाको जिवितै उद्धार गरिएको छ । जहाजमा चालक दलका सदस्यसहित ६ जना सवार रहेका थिए ।

थप दुईजनाको बारेमा जानकारी नआएको बताइएको छ । मस्को जाँदै गरेको एयर एम्बुलेन्स कुफ अब जिल्लामा फेला परेको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।

Advertisement:bbc-report-tatokhabar-tato-kabar

मोरक्कोमा दर्ता भएको डेसाल्ट फाल्कन (डीएफ–१०) विमान एयर एम्बुलेन्सको रूपमा सञ्चालन भइरहेको थियो । उक्त विमान थाइल्यान्डबाट मस्को जाँदै थियो ।

अधिकारीहरूका अनुसार उक्त विमान इन्धन भर्न भारतको गया एयरपोर्टमा रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application