जंगलमा मृत फेला परेका महिला र पुरूष माइजू-भान्जा

दाङ – तुलसीपुर उपमहानगरपालिका–१३ दमार गाउँस्थित जंगलमा बुधबार एउटै रूखमा झुण्डिएको अवस्थामा फेला परेका महिला र पुरूषको पहिचान खुलेको छ।

तुलसीपुर उपमहानगरपालिका–३ गोठीखोलाका ३५ वर्षीया बसन्ती थापा र १९ वर्षीय तुलसीराम घर्ती भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए। उनका अनुसार उनीहरू माइजू–भान्जा हुन्।

Advertisement:

बसन्तीका श्रीमान गोबिन्द थापाले श्रीमती हराएको हुँदा खोजी गरिदिन भन्दै पुस ९ गते प्रहरीमा निवेदन दिएका थिए । तर शव सडेर गलिसकेको हुँदा पुस १० गते उनीहरूले आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ।

मृतकको शवको मुचुल्का तयार पारी पोष्टमर्टमका लागि तुलसीपुर ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक मल्लले बताए। घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application