
हुम्ला । हुम्लामा तुइन चढ्ने क्रममा कर्णाली नदीमा खसेर बेपत्ता भएका एक पुरुष सोमबार मृत अवस्थामा भेटिएका छन् ।
जिल्लाको सर्केगार्ड गाउँपालिका–२ ल्याप्चेस्थित कर्णाली नदीमा खसेर बेपत्ता भएका मुगु सोरु गाउँपालिका–५ नेर घर भएका ३८ वर्षीय मकर सिंह नेपाली मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, मृतक मकर कर्णाली करिडोरमा मजदुरी काम हुन् । काम सकेर कोठामा जाँदै गर्दा तुइन चढ्ने क्रममा तुइनबाट खसेर उनी कर्णाली नदीमा बेपत्ता भएका थिए ।
मृतक मकरको शव प्रहरी चौकी सर्केदेउबाट खटिएको प्रहरीले मृतक अवस्थामा फेला पारेको हो । प्रहरीले उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।