बन्द कोठाभित्र दाजुभाइ मृत भेटिए



दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–६ मा एकै घरका दाजुभाइ मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका १६ डोक्रेना घर भएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र ३० वर्षीय टेकबहादुर बस्नेत सोमबार मृत फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार उनीहरु दाजुभाई हुन् ।पूर्ण परिवारका साइँला र टेकबहादुर कान्छा सन्तान रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।

प्रहरीका अनुसार मृतकमध्ये कान्छा भाइ टेकबहादुरकी श्रीमतीले आँफू रुकुम पश्चिमस्थित माइती गएको हुँदा त्यहाँबाट नफर्किदासम्म ढोका नखोल्न आग्रह गरेको हुँदा प्रहरीले बाहिरबाटै सुरक्षा दिएको छ ।

उनीहरु तुलसीपुर उपमहानगरपालिका ६ मा कोठा भाडामा बस्दै आएका थिए । उनीहरू बस्ने घरमा घरबेटी बस्दैनथे । मङ्गलवार मात्रै शव निकालेर पोस्टमार्टम गरेपछि घटनाका बारेमा विस्तृत विवरण आउने प्रहरी नायव उपरीक्षक पोखरेलले बताए ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

काठमाडौं – जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले विप्लवसहित उच्च

मकवानपुर – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६, पानीसारास्थित एक घरमा आगलागी हुँदा ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

तातोखबर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बन्द भएको टिकटक विस्तारै खोल्न सकिने बताएका छन् । उनले सामाजिक सञ्जाल सञ्चालन